जनता टाइम्स

१३ मंसिर २०८२, शनिबार १६:०६

एमालेकाे राष्ट्रिय स्वयंसेवक फोर्स सचिवालय बैठक सम्पन्न, महाधिवेशनको रणनीति तयार 


काठमाडौं, मंसिर १३ ।  नेकपा एमाले राष्ट्रिय स्वयंसेवक फोर्सको पहिलो सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ। बैठकमा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत लगायतको उपस्थिति रहेको थियो।

बैठकले आउँदो ११औँ राष्ट्रिय महाधिवेशन केन्द्रित विविध निर्णयहरू लिनुका साथै संगठनको पहिलो केन्द्रीय कमिटीको बैठक यही मंसिर २५ गते भक्तपुरको सल्लाघारीमा गर्ने निर्णय गरेको छ।

राष्ट्रिय स्वयंसेवक फोर्सको गठन र यसको सक्रियता पार्टीको संगठनात्मक मजबुती र महाधिवेशन तयारीको महत्त्वपूर्ण आधार हुने बताइएको छ। बैठकमा सहभागी नेताहरूले संगठनको समन्वय, तयारी र एकतामा जोड दिनुका साथै आगामी महाधिवेशनका लागि आवश्यक रणनीतिहरूको समीक्षा गरेको जानकारी दिनुभएको छ ।