जनता टाइम्स

१५ मंसिर २०८२, सोमबार १२:३५

काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई पितृशोक


काठमाडौं,  मंसिर १५ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण साहको निधन भएको छ । उहाँको सोमबार मध्यान्ह निधन भएको हो ।

उहाँ आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना हुनुभएको थियो । उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।अस्पताल स्रोतका अनुसार, उहाँको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो । साहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि  अस्पताल पुग्नुभएको थियो ।