जनता टाइम्स

२४ मंसिर २०८२, बुधबार १३:४९

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ


काठमाडौं,   मंसिर २४ । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको हो । उनी जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत थिए ।डीएसपी नेपालकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताउनुभयो ।

‘बहुविवाहको केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएको थियो, उहाँलाई पक्राउ गरेर म्याद थप गरिएको छ,’ एसपी क्षेत्रीले भन्नुभयो ।नेपालमाथि ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको उहाँले बताउनुभयो । नेपालकी दोस्रो श्रीमतीको खोजी भइरहेको एसपी क्षेत्रीले जानकारी दिनुभयो । प्रहरी निरीक्षक हुँदा डीएसपी नेपाल बुटवलको वडा प्रहरी कार्यलयमा इन्चार्ज थिए ।उनी गाँजाको कारोबार सम्बन्धी आर्थिक कारोबारमा संलग्न रहेको पाइएपछि विभागीय कारबाहीमा परेका थिए ।