काठमाडौं, मंसिर २६। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक आज दिउँसो १ बजे च्यासलमा बस्ने तय भएको छ। पार्टीको ११औं राष्ट्रिय महाधिवेशन अघि सचिवालय बस्न लागेको हो।
बैठकमा पदाधिकारी संख्या १५ बाट बढाउने र २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी संख्या बढाउने लगायतका विषयमा छलफल हुने पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिनुभयाे । मनोनीत प्रतिनिधि टुंग्याउने तथा केन्द्रीय कमिटी बैठकमा लैजाने एजेन्डामा पनि छलफल हुने छ।
एमालेका संगठन विभाग एवम् प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुंगेलले एमालेको ११ औं महाधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधि संख्या २ हजार २ सय ६२ हुने छ। उहाँका अनुसार एमाले केन्द्रीय सचिवालयको जारी गरेको अपानी १३ को आधारमा तय गरिएको संख्या र मापदण्ड बमोजिम मनोनयन बाहेक २ हजार १ सय ५४ जना महाधिवेशन प्रतिनिधि चयन गरिएको छ।
वैधानिक व्यवस्था बमोजिम ५ प्रतिशत मनोनयन गर्न पाउने संख्या १ सय ८ कायम गरिएको छ। योसँगै ३ सय ९ जना केन्द्रीय सल्लाहकारहरू समेत गरी कुल सहभागी संख्या २ हजार ५ सय ७१ हुनेछ।













प्रतिक्रिया दिनुहोस्