काठमाडौं, मंसिर २६ ।नेकपा एमाले १०८ जना प्रतिनिधि मनोनयन गरेको छ ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १०८ जना प्रतिनिधि मनोनयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गर्ने निर्णय सचिवालय बैठकले गरेको हो ।‘हाम्रो महाधिवेशनको निर्वाचित र पदेन आयोजकका हैसियतले भएका प्रतिनिधिहरूको कुल संख्याको ५ प्रतिशतले हुन आउने १०८ जनाको नामावली पारित गरेको छ, त्यसलाई हामीले भोलि सार्वजनिक गर्नेछौं,’ ज्ञवालीले भन्नुभयो।
उक्त सदस्यहरूको नामावली भने भोलि मात्रै सार्वजनिक हुने बताइएको छ ।अध्यक्ष केपी शर्मा ओलीले उक्त नाम टुंगो लगाउने र भोलि सार्वजनिक गरिने ज्ञवालीले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्