काठमाडौं, मंसिर २७ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह स्थलमा कार्यकर्ताहरु बिहानै आइपुगेका छन् ।
विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरू सल्लाघारी क्षेत्रमा देखिन्छन् । उदघाटन समारोह स्थल वरपर भेला भएकाहरु साँस्कृतिक विशेषतासहितको आकर्षक मञ्चमा पुगेर फोटो खिचाउने इच्छा व्यक्त गरिरहेका छन् ।तर मञ्च स्थलमा भने जान दिइएको छैन ।
त्यहाँ जान खोज्नेहरुलाई प्रहरीले अहिले रोकेको छ । एमालेको महाधिवेशन उदघाटन समारोह मध्याह्न १२ बजे सुरु गर्ने तयारी छ । त्यसअघि विभिन्न ठाउँबाट जुलुस निकाल्ने तयारी छ ।













प्रतिक्रिया दिनुहोस्