काठमाडौँ, पुस १ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि उपसमहासचिवम उम्मेदवारी दिएका राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिनुभएको छ । उहाँले फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभएको छ । उहाँले राष्ट्रिय संकट, चौतर्फी घेराबन्दीको बीचमा भएको यो महाधिवेशनमा जनताले देखाएको अपार सहभागिता, जनसर्मथनप्रति सम्मान गर्दै केपी शर्मा ओलीको सिंगो टिमलाई विजय गराउन अपिल गर्नु भएकाे छ ।
पार्टीको नेतृत्वको सुझाव र सल्लाहमा उपमहासचिवको पदको उम्मेदवारी फिर्ता गरेको उहाँले स्पष्ट पार्नु भएकाे छ । यसपटक पार्टीले तय गरेको खुला केन्द्रीय सदस्यमा नै आफू चुनाव लड्दे उहाँले बताउनुभएकाे छ ।
यस्ताे छ गाैतमकाे फेसबुक स्ट्याटस :
पार्टीको एघारौँ महाधिवेशनको आज चौथो दिन, हो। राष्ट्रिय सङ्कट, चौतर्फी घेराबन्दीको बिचमा भएको यो महाधिवेशनमा जनताले देखाएको अपार सहभागिता ,जनसमर्थन प्रति रेड स्यालुट गर्दै, केपी शर्मा ओलीको सिङ्गाे टिमलाई विजय गराउन हार्दिक अपिल गर्दछु। पार्टीको नेतृत्वको सुझाव र सल्लाहमा उपमहासचिवकाे पदको उम्मेदवारी फिर्ता गरेको छु, ,यस पटक पार्टीले तय गरेको खुल्ला केन्द्रीय सदस्यमा अमूल्य मत पाउने विश्वास लिएको छु, धन्यवाद ।
राजेन्द्रप्रसाद गौतम।













प्रतिक्रिया दिनुहोस्