जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार १२:५५

तेह्रौं सागमा नेपालको दवदवा कायमै : १९ स्वर्ण पदकसहित नेपाल शीर्ष थानमा


काठमाडौं, मंसिर १७ । तह्रौं साग प्रतियोगितामा नेपालले आफ्नो दवदवा कायमै राखेको छ । अहिलेसम्म नेपालले पदकमा आफ्नो दबदबा नै कायम गरेको हो । नेपालले हालसम्म १९ स्वर्ण, ३ रजत र ७ कास्यसहित शीर्ष स्थानमा रहेको छ ।

करातेमा उतृष्ट प्रदर्शन गर्दै आजको खेलमा नवीन रासाइलीले नेपाललाई करातेमै आठौं स्वर्ण दिलाएका छन् । आजको स्पर्धामा रसाइलीले ६७ केजीको स्पर्धामा पाकिस्तानका अमेद नसिरलाई पराजित गर्दै स्वर्ण दिलाएका हुन् । यो करातेमा मात्रै नेपालले पाएको आठौं स्वर्ण हो ।

करातेमा एकछत्र राज गरेको नेपालले सोमबार ९ स्वर्णका लागि भएको खेलमा ७ स्वर्ण जितेको थियो । नेपालले हालसम्म जितेका १९ स्वर्णमध्ये करातेबाट ८, तेक्वान्दोबाट ७ र ट्राइथोलनबाट १ र उसुबाट ३ स्वर्ण रहेका छन ।