जनता टाइम्स

२३ फाल्गुन २०८२, शनिबार २१:२५

रास्वपा उम्मेदवारलाई हराउँदै कपिलवस्तु–३ मा कांग्रेसका शाह विजयी


काठमाडौं,  फागुन  २३। प्रतिनिधिसभा सदस्य चुनावमा कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाह विजयी हुनुभएको छ ।

शाहले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रकाश रजौरियालाई ४ हजार ६४५ मतान्तरले हराउनुभएको हो । शाहले २३ हजार ५३५ र रजौरियाले १८ हजार ८९० मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेकपा एमालेका वीरेन्द्र कुमार कनौडिया १४ हजार ७६३ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ । योसँगै कांग्रेस अहिलेसम्म ९ ठाउँमा विजयी भएको छ ।