जनता टाइम्स

२४ फाल्गुन २०८२, आईतवार १७:१९

रामेछापबाट रास्वपाका डा. कृष्णहरि बुढाथोकी निर्वाचित


रामेछाप, फागुन २४ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रामेछापबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरि बुढाथोकी निर्वाचित हुनुभएको छ।

मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालकाअनुसार डा. बुढाथोकीले २४ हजार ८०८ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार माधव ढुङ्गेल ले १७ हजार ६०९ मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी नेपाली कांग्रेस का रामचन्द्र खड्का ले १६ हजार ३०७ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत प्राप्त गर्नुभएको छ।

रामेछापमा प्राप्त मतपरिणामसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले थप एक सिट आफ्नो पक्षमा सुरक्षित गरेको छ।