जनता टाइम्स

५ चैत्र २०८२, बिहीबार १३:३७

ट्रकले गोरुगाडा ठोक्किँदा कैलालीमा दम्पतीको मृत्यु


काठमाडौं, चैत ५ । कैलाली जिल्लाको कैलारी गाउँपालिका–५ बजैपुरमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीय कलसु चौधरी र उहाँकी ७० वर्षीया श्रीमती सेतानु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ । प्रहरीका अनुसार ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई पछाडिबाट ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएका थिए। घाइते दम्पतीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो। उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गोरुगाडा तान्ने दुवै गोरुको पनि मरेका प्रहरीले जनाएको छ। प्रहरीले ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।