रामेछाप, चैत ५ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणना २०८२ का लागि रामेछाप जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गरेको छ। कार्यालयको बिहीबार रामेछापकाप्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले उद्घाटन गर्नुभयो।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थापाले तथ्याङ्कलाई राष्ट्रको नीति तथा विकास योजनाको आधारका रूपमा उल्लेख गर्दै आर्थिक गणनालाई तथ्यपरक र विश्वसनीय बनाउन सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। उहाँले यस कार्यलाई सफल बनाउन सरोकारवाला निकायहरूसँग समन्वय गरेर अघि बढिने स्पष्ट पार्नुभयो।
जिल्लामा सञ्चालन हुने आर्थिक गतिविधिको यथार्थ तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले कार्यालय स्थापना गरिएको जिल्ला आर्थिक गणना कार्यालय रामेछापकी प्रमुख रोजी शाक्यले जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक क्षेत्रलाई १८ वटा क्लस्टरमा विभाजन गरी गणना गरिनेछ।
चार महिनासम्म सञ्चालन हुने उक्त गणनाका लागि जिल्लाभर २० जना गणक र ३ जना सुपरभाइजर खटिने छन्। उनीहरूले गाउँ–गाउँमा पुगेर तथ्याङ्क सङ्कलन गरी अनलाइन प्रणालीमार्फत प्रविष्टि गर्ने व्यवस्था मिलाइएको छ।
कार्यक्रममा रामेछापका प्रहरी प्रमुख डिएसपी भाेला भट्ट लगायतका उपस्थिति थियाे । 












प्रतिक्रिया दिनुहोस्