काठमाडौं, चैत ११ । फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान)ले सदस्य प्रतिनिधि, म्यानेजर, सेफ तथा क्याप्टेनलाई लक्षित गरी GMP/HACCP आधारित खाद्य स्वच्छता तथा सेवा उत्कृष्टता सम्बन्धी ‘ट्रेनिङ म्याराथन’ कार्यक्रम आजबाट सुरु गरेको छ।
कार्यक्रम काठमाडौंको लाजिम्पाटस्थित क्वालिटी क्याफेमा आयोजना गरिएको हो। कार्यक्रमकाे उद्घाटन एरिया इन्चार्ज दीपक श्रेष्ठको अध्यक्षता तथा संयोजकत्वमा सम्पन्न भएको थियो।
कार्यक्रममा फास्ट फ्यानका अध्यक्ष होमराज श्रेष्ठ, प्रशिक्षक योगेन्द्र ढुंगेल, मदानी तथा राजधानी डेरीका प्रतिनिधि सियो माधव दाहालसहित विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। त्यसैगरी फास्ट फ्यानका सल्लाहकारहरू रमिला श्रेष्ठ र लिला बहादुर श्रेष्ठ, उपाध्यक्ष रामकाजी भण्डारी, महासचिव राकेश श्रेष्ठ, सचिव कुमार भण्डारी, कोषाध्यक्ष टेक बहादुर श्रेष्ठ तथा सदस्यहरू गोपाल बहादुर श्रेष्ठ, महेन्द्र श्रेष्ठ र प्रमोद भण्डारीलगायतको सहभागिता रहेको थियो।

प्राविधिक टोलीतर्फ चन्द्र माझी र लिला श्रेष्ठ तथा कार्यालयका प्रतिनिधिहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। विभिन्न सदस्य रेस्टुरेन्टहरूबाट म्यानेजर, सेफ र क्याप्टेनसहित करिब ३० जना सहभागी रहेको महासचिव राकेश श्रेष्ठले जानकारी दिनुभयाे ।
उक्त प्रशिक्षण कार्यक्रममार्फत खाद्य स्वच्छता, सुरक्षित खाद्य व्यवस्थापन तथा उत्कृष्ट सेवा प्रवाहसम्बन्धी व्यवहारिक ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ। फास्ट फ्यानका अनुसार यो ‘ट्रेनिङ म्याराथन’ कार्यक्रम राजधानीका विभिन्न स्थानहरूमा सञ्चालन हुँदै आउने बैसाख १८ गतेसम्म जारी रहनेछ।













प्रतिक्रिया दिनुहोस्