काठमाडौं, चैत १६ । वरिष्ठ पत्रकार धमेन्द्र झाले राष्ट्रिय समाचार समिति (रासस)को कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । उहाँले आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष राजीनामापत्र बुझाउनुभएको हो ।
उहाँले देशको परिवर्तित राजनीतिक परिवेशलाई आत्मसात गर्दै पदबाट अलग हुने निर्णय लिएको बताउनुभएको छ । नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्यसञ्चालन गर्नुपर्ने मान्यताका साथ आफूले मार्ग प्रशस्त गर्न राजीनामा दिएको उहाँको भनाइ छ । उहाँले नैतिकताको दृष्टिले नयाँ सरकारलाई सहज वातावरण निर्माण गरिदिनु उचित हुने ठानेर पद त्याग गरेको स्पष्ट पार्नुभएको छ ।
राजीनामापत्रमा नेपाल सरकारको निर्णयबमोजिम आफू राससको कार्यकारी अध्यक्ष पदमा नियुक्त भएको उल्लेख गर्दै कार्यकालभर संस्थाको सर्वोत्तम हितमा काम गरेको बताउनुभएको छ ।
पत्रकारिताको मूल्य–मान्यता र व्यावसायिक मर्यादालाई अनुशरण गर्दै राससको संस्थागत सुदृढीकरण तथा सर्वोत्तम हित प्रवर्द्धनका दिशामा आफूले निरन्तर काम गरेको उहाँले उल्लेख गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्