जनता टाइम्स

२३ चैत्र २०८२, सोमबार ०७:४७

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ


काठमाडौं, चैत्र २३ ।  गुण्डागर्दी आरोपमा रेम्बो भनिने कोर्तु गुरुङ पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका–१७ पकनाजोल घर भएका ४० वर्षीय गुरुङलाई गएराति ठमेल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले गुरुङ पक्राउ परेको पुष्टि गर्दै उनीमाथि अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।