काठमाडौँ, चैत्र ३० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्तिमा पारदर्शिता नभएको बताउनुभएको छ । उहाँ सरकारका कतिप मन्त्रीहरुको सम्पत्तिमा नगद, गरगहना, घरघडेरी, शेयर, अन्य लगानी देखिएको र नेपालीहरुको औसत आम्दानी भन्दा माथि रहेको पाइएको बताउनुभयो ।
उहाँले हदबन्दी भन्दा बढी जग्गासमेत स्वघोषणा भएको बताउँदै मन्त्रीहरुकै सम्पत्तिमा राज्यको कानून आकर्षित भएको बताउनुभएको छ ।उहाँले आयको कर तिरेको विवरण सार्वजनिक गर्न सरकारका मन्त्रीहरुलाई सुझाव दिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘बालेन सरकारका कतिपय मन्त्रीहरुका सम्पत्ति विवरणमा नगद, गरगहना, घरघडेरी, शेयर र अन्य लगानी औसत नेपालीको भन्दा धेरै माथि देखियो। रोचक त कतिपय मन्त्रीका हदबन्दी भन्दा बढी जग्गाको विवरण स्वयंबाट सार्वजनिक भएको छ । मन्त्रीहरु आफैंले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानून आकर्षित गरेको छ। धन कमाउन र धनी बन्न पाइन्छ तर आय र कर तिरेको विवरण पनि सार्वजनिक होस् ।’













प्रतिक्रिया दिनुहोस्