जनता टाइम्स

१२ बैशाख २०८३, शनिबार २०:२३

पानी परेपछि बीपी राजमार्गमा गाडी आवागमन रोकियो


काठमाडौं, १२ वैशाख । जिल्ला प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्गमा गाडी आवागमन रोकेको छ । कार्यालयले सूचना निकालेर काभ्रेका विभिन्न ठाउँमा वर्षा भइरहेकाले सम्भावित जोखिमलाई ख्याल गरेर बीपी राजमार्गमा आज दिउँसोदेखि गाडी आवागमन पूर्ण रूपमा बन्द गरेको जानकारी गराएको हो ।

मौसममा सुधार आई सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा अर्को सूचना निकालेर राजमार्ग खुलाउने प्रहरीको सूचनामा भनिएको छ । पानी परेपछि कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउने नजिक समस्या आउने गरेको छ ।

त्यहाँ रोशी खोलामा अस्थायी ‘डाइभर्सन’ बनाइएको छ । गएको वर्ष असोजमा बाढीले सडक बगाएपछि अस्थायी डाइभर्सन बनाइएको हो । त्यहाँ गएको चैतमा पनि बाढीले सडक बगाएको थियो ।