जनता टाइम्स

२५ बैशाख २०८३, शुक्रबार १८:३०

कृषि अनुसन्धानका लागि सरकारले बजेट अभाव हुन दिँदैन : सचिव मिश्र


काठमाडौं, वैशाख  २५  । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आज ३५औँ स्थापना दिवस मनाएको छ । ‘उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्तन’ नाराका साथ नार्कले आफ्नो स्थापना दिवस मनाएको हो ।

२०४८ सालमा ‘नेपाल कृषि अनुसन्धान परिषद् ऐन’ अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान, नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो ।

स्थापना दिवसको अवसरमा नार्कले ललितपुरको खुमलटारमा गरेको विशेष समारोहमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्रले कृषि अनुसन्धानका लागि सरकारले बजेट अभाव हुन नदिने बताउनुभएको छ ।

नार्कका कायममुकायम कार्यकारी निर्देशक डा। श्रीमत श्रेष्ठले कृषि अनुसन्धानको क्षेत्रमा काम गर्नका लागि बजेट र जनशक्ति दुवै कमी भएको बताउनुभयो ।

नार्कले अहिलेसम्म १७७ बालीका १२७६ जात सिफारिश गरेको छ । तीमध्ये २७७ जात सूचीबाट हटाइएका नार्कले जनाएको छ ।