काठमाडौं, जेठ ६ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।
मंगलबार बसेको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिनुभएको थियो।
उक्त प्रस्तावमाथिको छलफल सोमबारदेखि सुरु भएको हो। यसअघि वैशाख ३१ गतेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो।
आजको बैठकमा पनि बजेटका सिद्धान्त, प्राथमिकता तथा समसामयिक विषयमा छलफल हुने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्