जनता टाइम्स

१८ जेष्ठ २०८३, सोमबार २१:५६

दोलखाको कालिञ्चोक गाउँपालिका कमिटी विघटन, ४१ सदस्यीय पालिका संगठन कमिटी गठन


चरिकोट, जेठ १८ । नेकपा एमाले दोलखाको सातौँ सचिवालय बैठकले कालिञ्चोक गाउँपालिका कमिटी विघटन गर्दै नयाँ ४१ सदस्यीय पालिका संगठन कमिटी गठन गरेको छ।

बैठकले  डम्बर आचार्यलाई संयोजक र  सुवास थामीलाई सह–संयोजकको जिम्मेवारी प्रदान गरेको पार्टी उपाध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो। नवगठित पालिका संगठन कमिटीले पार्टी संगठनलाई थप सुदृढ, गतिशील र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

यसैबीच, नवगठित कमिटीका संयोजक आचार्य र सह–संयोजक थामीको शपथग्रहण कार्यक्रम पार्टी कार्यालय चरिकोटमा सम्पन्न भएको छ। पार्टी जिल्ला कमिटी अध्यक्ष नरबहादुर श्रेष्ठले उहाँहरूलाई शपथ गराउनुभएको थियो । कार्यक्रममा जिल्लास्तरका नेताहरूको सहभागिता थियो ।

पार्टी संगठनलाई स्थानीय तहसम्म थप व्यवस्थित बनाउने उद्देश्यसहित पालिका संगठन कमिटी गठन गरिएको एमाले दोलखाले जनाएको छ। नवगठित कमिटीले पार्टीका संगठनात्मक गतिविधि, सदस्यता विस्तार, प्रशिक्षण तथा जनपरिचालनका कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने अपेक्षा गरिएको छ।