काठमाडौं, असार ५ । सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी गर्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन्।
शुक्रबार बिहान करिब ४ बजे विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरी नजिकै रहेको मनोज सहनीको घरमा चोरी गर्न लागेको अवस्थामा घरधनीकी श्रीमतीले देखेपछि होहल्ला गनुभएको थियो । पक्राउ पर्नेमा सर्लाहीकै बागमती नगरपालिका–६ बस्ने १८ वर्षीय जुमुन मियाँ रहेका प्रहरीले जनाएको छ।उनको साथबाट मधेस प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप गाडी समेत बरामद भएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पिकअप मिति २०८३ जेठ १९ गते इलाका प्रहरी कार्यालय हरिवनको क्षेत्रबाट हराएको तथ्य खुलेको छ भने गाडीसँग मेल खाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।













प्रतिक्रिया दिनुहोस्