जनता टाइम्स

२१ असार २०८३, आईतवार ०८:४८

चितवनको बेलहट्टामा हात्तीको आक्रमणबाट आमा छोराको ज्यान गयो


काठमाडौं,  असार  २१ ।  चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार गए राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उहाँका चार वर्षीय छोरा भरतको ज्यान गएको हो । हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उहाँको कच्ची घरमा आगलागी समेत भएको छ । आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ ।