काठमाडौं, साउन २६। ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा नयाँ गाडी खरिद गर्ने ग्राहकका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकले गाडी खरिदका लागि कर्जा प्रक्रिया सहज र छिटो बनाउने उद्देश्यले नयाँ योजना ल्याएको जनाएको छ।
योजनाअन्तर्गत नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी अटो लोन लिन सक्नेछन्। हालको आधारदरअनुसार न्यूनतम ५.२५ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध हुने बैंकले जनाएको छ।
त्यस्तै, एक्सपोमा नयाँ विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहकका लागि तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने विशेष योजना पनि बैंकले ल्याएको छ। तीन वर्षपछि भने उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी कायम गरिनेछ।
बैंकका अनुसार अटो लोनका लागि ग्राहकले छुट्टै बैंक शाखामा पुग्नुपर्ने छैन। नाइमा अटो एक्सपोमै रहेको ग्लोबल आइएमई बैंकको स्टलबाट कर्जाका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आवश्यक कागजात पूरा गरेको अवस्थामा बैंकले अधिकतम तीन दिनभित्र कर्जा स्वीकृतिपत्र उपलब्ध गराउने जनाएको छ।
नयाँ गाडी वा ईभी खरिद गर्ने ग्राहकलाई लक्षित गरी ल्याइएको उक्त कर्जा योजना एक्सपो अवधिभर लागू हुने बैंकले जनाएको छ। बैंकको स्टल S1 मा पुगेर ग्राहकले कर्जा योजनाबारे थप जानकारी तथा आवेदन दिन सक्नेछन्।














प्रतिक्रिया दिनुहोस्