इलाम, साउन ३० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको अधिकारप्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ।
इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा शनिबारदेखि सुरु भएको एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा एमाले निरन्तर प्रतिबद्ध रहेको बताउनुभएको हो।
“सबैको सहअस्तित्वलाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप मजबुत बनाउनुपर्छ,” उहाँले भन्नुभयो।
अध्यक्ष ओलीले एमालेले विगतदेखि नै समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको पक्षमा वकालत गर्दै आएको दाबी गर्नुभयो। विभिन्न जातजातिका नाममा विभाजन र द्वन्द्व सिर्जना गर्नुभन्दा सबै समुदायलाई सहअस्तित्वका आधारमा अधिकार र अवसर प्रदान गर्दै राष्ट्रिय हितमा अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
समावेशी लोकतन्त्रमा जोड
अध्यक्ष ओलीले एमालेको नीति समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरमा आधारित रहेको स्पष्ट पार्नुभयो।
सबै समुदायका अधिकार र पहिचानको सम्मान गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो। आदिवासी जनजातिका भाषा, संस्कृति तथा परम्पराको संरक्षणसँगै राज्यका अवसरमा समान पहुँच सुनिश्चित गर्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो।













प्रतिक्रिया दिनुहोस्