काठमाडौं, साउन ३१ । नेपाल आयल निगमको समन्वयमा आज काठमाडौं उपत्यकाका विभिन्न सात स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ ।
निगमले ग्यासको अभावका कारण अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाएको जनाएको छ ।
ग्यास खरिद गर्न जाने उपभोक्ताले अनिवार्य रूपमा नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा ल्याउनुपर्नेछ ।
निगमका अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास बिक्री हुनेछ । ग्यास बिक्री हुने स्थानमा टेकुस्थित निगमको कार्यालय परिसर, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजारस्थित जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी रहेका छन् ।
यी बिक्री केन्द्रबाट विभिन्न ग्यास उद्योगका सिलिन्डर उपलब्ध गराइने निगमले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्