जनता टाइम्स

३१ श्रावण २०८३, आईतवार १७:४७

म हिन्दू हुँ, तर कसैको खिलाफमा छैन : शेरबहादुर देउवा


काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भए पनि कुनै धर्म वा समुदायको विरोधी नरहेको स्पष्ट पार्नुभएको छ ।

कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले आफूले आफ्नो धार्मिक आस्था व्यक्त गर्न पाउनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘म हिन्दू हुँ । म कसैको विरोधी होइन । नेपालमा मुस्लिम धर्म मान्ने छन्, किराँतहरू छन् । म कसैको खिलाफमा छैन ।’

आफू हिन्दू धर्ममा विश्वास गर्ने व्यक्ति भएको बताउँदै देउवाले यस विषयमा कुनै भ्रम नराख्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले आफू हिन्दू हो भन्न पाउनुपर्‍यो नि । हिन्दूमा विश्वास गर्न पाउनुपर्‍यो नि मैले । यसमा कुनै कन्फ्युजन नहोस् ।’