काठमाडौं, कात्तिक ३ । स्वर्गीय पत्रकार बसन्तप्रकाश उपाध्यायको परिवारलाई सहयोगस्वरूप प्राप्त रकममध्ये १२ लाख ५ हजार ८७५ रुपैयाँ उहाँकी श्रीमती इन्दिरा कार्की उपाध्यायको उपचारका लागि हस्तान्तरण गरिएको छ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) मार्फत नेपाल पत्रकार महासंघलाई प्राप्त कुल १६ लाख ७ हजार ८३२ रुपैयाँ ९ पैसामध्ये उक्त रकम उपचारका लागि उपलब्ध गराइएको हो।
महासंघका महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी र तनहुँ अन्तर्राष्ट्रिय समाजका राजन त्रिपाठीको उपस्थितिमा उपचारका लागि सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो। चेक महासचिव दाहालले हस्तान्तरण गर्नुभयाे ।
बाँकी ४ लाख १ हजार ९५७ रुपैयाँ ९ पैसा दसैँलगत्तै स्वर्गीय उपाध्यायका ९४ वर्षीय पिता छायाँदत्त उपाध्यायको बैंक खातामा जम्मा गरिने जनाइएको छ।
स्वर्गीय पत्रकार उपाध्यायको परिवारलाई सहयोग जुटाउन योगदान पुर्याउने नेजा परिवार, अमेरिकामा रहनुभएका तनहुँका शुभचिन्तक, तनहुँ अन्तर्राष्ट्रिय समाज तथा तनहुँ समाज पोखराप्रति आभार व्यक्त गरिएको छ।














प्रतिक्रिया दिनुहोस्