काठमाडौं, कात्तिक ३ । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा छ।
आज मंगलबार पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा समेत आंशिक बदली रहने महाशाखाले जनाएको छ। ती प्रदेशका पहाडी भूभाग र तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। महाशाखाले सम्भावित मौसमी अवस्थालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्