काठमाडौं, कात्तिक ४ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको अन्तिम शृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली मंगलबार साँझ काठमाडौं आइपुगेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रतिनिधिले टोलीलाई स्वागत गरेका थिए।
ओमानमा भएको शृङ्खलामा नेपालले ओमान र क्यानडासँग चार खेल खेलेको थियो। नेपालले ओमानलाई दुवै खेलमा हराएको थियो भने क्यानडासँग एक खेल जितेको र अर्कोमा पराजित भएको थियो। नेपालले शृङ्खलाका चारमध्ये तीन खेल जितेको हो।
यससँगै नेपालले विश्वकप लिग–२ का सबै ३६ खेल पूरा गरेको छ। नेपाल ३० अंकसहित लिग तालिकाको छैटौँ स्थानमा रहेको छ।














प्रतिक्रिया दिनुहोस्