काठमाडौं, कात्तिक ७ । बङ्गलादेशका क्रिकेटर शमीम हुसेन पटवारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सबाट खेल्ने भएका छन्।
सोमबारदेखि सुरु हुने एनपीएलका लागि लुम्बिनीले शुक्रबार शमीमलाई अनुबन्ध गरेको जानकारी दिएको हो।
बायाँहाते ब्याटिङ गर्ने र अफ स्पिन बलिङ गर्ने शमीम सन् २०२० मा दक्षिण अफ्रिकामा भएको आईसीसी १९ वर्षमुनिको विश्वकप उपाधि जित्ने बङ्गलादेशी टोलीका सदस्य थिए। विश्वकप जितेपछि उनले बङ्गलादेशको राष्ट्रिय टोलीमा समेत स्थान बनाएका थिए।
शमीमले अहिलेसम्म विदेशी फ्रेन्चाइज लिग खेलेका छैनन्। एनपीएलमार्फत पहिलोपटक विदेशी लिग खेल्ने अवसर पाउने भएका छन्।














प्रतिक्रिया दिनुहोस्