जनता टाइम्स

५ कार्तिक २०८३, बिहिबार १९:४५

एनपीएलको टिकट मूल्य ५०० देखि २ हजार रुपैयाँसम्म


काठमाडौं, कात्तिक ५ । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट मूल्य निर्धारण गरेको छ । 

आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको लिग चरणमा साधारण टिकटको मूल्य ५०० र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै, इलिमिनेटर तथा क्वालिफायर खेलका लागि साधारण टिकटको मूल्य एक हजार र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको क्यानले जनाएको छ ।

क्यानका अनुसार प्रतियोगिताका टिकट इसेवामार्फत खरिद गर्न सकिनेछ ।