जनता टाइम्स

११ कार्तिक २०८३, बुधबार १८:४७

बाढीपीडितको घर निर्माणमा जुट्यो एमाले जनसंगठन नेशनल भोलेन्टियर्स फोस, बिदुरमा सुरु गर्यो काम


नुवाकोट, कात्तिक ११ । नेकपा एमालेको सवैभन्दा कान्छो जनसंगठन नेशनल भोलेन्टियर्स फोर्सले भोटेकोशी बाढीपीडितका लागि घर निर्माणको काम सुरु गरेको छ ।

भर्खरै एमाले केन्द्रीय सदस्य मनोनीत हुनुभएका अध्यक्ष पुष्पराज श्रेष्ठको नेतृत्वमा घर निर्माणको काम अघि बढाइएको हो ।फोर्सकी सहकमाण्डर बिनिता काफ्लेका अनुसार संगठनले बिदुर नगरपालिका वडा नम्बर ३ को मैरिटारमा बुधवारबाट बाढीपीडितहरूलाइ ४० वटा घर निर्माण गरेर हस्तान्तरण गर्ने कार्यको सुरुवात गरेको छ ।

घर निर्माणका लागि फोर्स जमिन सम्याउनका लागि डोजरसमेत साथमै लिएर गएको हो । नेशनल भोलेन्टियर्स फोर्स भोटेकोशी बाढीपछि उद्धार र राहतका लागि भदौ १० गतेबाटै रसुवा, नुवाकोट र धादिङमा परिचालिक भएको थियो । एमालेले सचिव तथा बागमती इञ्चार्ज महेश बस्नेतको नेतृत्वमा बिशेष समिति नै बनाएर बाढीपीडितका सहयोगमा खटाएको थियो ।

बाढीपीडितको सहयोगका लागि जिफन्ट, अनेरास्व्बियू, युवा संघसहितका संगठन र बागमती प्रदेश कमिटीसमेत सक्रियताका साथ जुटेको छ । यसअघि नै जिफन्टले १८ वटा अस्थायी आवास निर्माण गरेर दशैंअघि पीडितलाई हस्तान्तरण गरिसकेको छ ।