जनकपुरधाम, कात्तिक ११ । धनुषाको नगराइन नगरपालिका–७, देवडिहाका सात वर्षीय बालक साकेत झा एक सातादेखि बेपत्ता हुनुभएको छ।
स्थानीय अजय झाका छोरा साकेत गत कात्तिक ४ गते विजयादशमीका दिन घरबाट निस्किएपछि सम्पर्कविहीन हुनुभएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बालकको खोजीका लागि परिवार र प्रहरी निरन्तर लागिरहेका छन्। तर, अहिलेसम्म उहाँ फेला पर्नुभएको छैन।
प्रहरीले नजिकका गाउँबस्ती, आसपासका पोखरी तथा झाडीहरूमा समेत खोजी गरिसकेको प्रवक्ता खनालले जानकारी दिनुभयो।














प्रतिक्रिया दिनुहोस्