काठमाडौँ, मङ्सिर १० । आज देशभरको मौसम मुख्यतया सफा रहने भएको छ। भोलिदेखि भने कोशी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
अहिले बिहान तराई, उपत्यका तथा खोँचका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।
महाशाखाका अनुसार शुक्रबार र शनिबार कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।













प्रतिक्रिया दिनुहोस्