जनता टाइम्स

२९ माघ २०७६, बुधबार १२:५३

मतदातासमक्ष केजरीवालको आम आदमी पार्टीले गरेको त्यो १० वाचा, जसले तेस्रो पटक सत्तामा पुर्यायो


नयाँदिल्ली, माघ २९ । शनिबार भएको दिल्ली विधान सभा निर्वाचनमा आम आदमी पार्टी (आप) ले अत्याधिक सिटमा विजय हाँसिल गर्दै तेस्रो पटक सत्ता सम्हाल्ने अवसर पाएको छ । कुल ७० सिटका लागि भएको निर्वाचनमा आम आदमी पार्टी एक्लैले ६२ सिटमा जित हासिल गर्यो। बाँकी ८ सिटमा भने भारतीय जनता पार्टी (भाजपा) विजयी भएको छ तर केन्द्रमा प्रमुख प्रतिपक्षी रहेको र लामो समय दिल्लीमा शासन गरेको भारतीय काङ्ग्रेस पार्टी भने सून्य सिटमा झरेको छ ।

आम आदमी पार्टीको जितसँगै अरिबिन्द केजरीवाल तेश्रोपटक दिल्लीको मुख्यमन्त्री बन्ने हुनुभएको छ । पहिलो पटक ४९ दिनका लागि दिल्लीको मुख्यमन्त्री चलाउनु भएका केजरीवालले बहुमत अभावमा सत्ता चलाउन नसकिएको भन्दै पुनः निर्वाचनमा जाने घोषणा गर्नुभएको थियो । उहाँको त्यही घोषणालाई मतदाताले साथ दिएकाले दोश्रो निर्वाचनमा उहाँको पार्टीले सुविधाजनक बहुमत प्राप्त गरेपछि सन् २०१५ पछि ५ वर्ष सरकार चलाउनु भयो । मुख्यमन्त्रीका रुपमा दिल्लीका आम जनताको आधारभूत मागहरूमा काम गरेका कारण केजरीवालाई दिल्लीका जनताले तेश्रोपटक सरकार चलाउन चुनेका हुन ।

यसपटक झण्डै झण्डै ९० प्रतिशत मत (८८.५७) पाएको आम आदमी पार्टीले दिल्लीका जनतासँग निर्वाचन प्रचारका क्रममा मुख्य १० वाचा गरेको थियो । यिनै १० वाचाले केजरीवालको आप दिल्लीको सत्तामा पुगेको हो । निर्वाचनले उसले अघि सारेका १० वाचाहरुले राष्ट्रिय मुद्धा भन्दा पनि स्थानीय सरोकारका मुद्दाहरू र तिनको समाधानको गर्छु भन्नेहरुसँग आकर्षित देखायो । जस्मा मतदाता आकर्षित बने ।

दिल्लीका जनतासँग आम आदमी पार्टीले गरेका यी हुन १० वाचा

१. जगमग जगमज दिल्ली : सबैलाई २४ घण्टा विजुली र २ सय युनिट निःशुल्क विजुलीको सुविधा जारी रहने । आपले तारहरूको भद्दा जंजालबाट शहरलाई मुक्त गर्दै भूमिगत तारबाट घरघरमा विजुली पुर्याउने घोषणा गरेको थियो ।

२. एक घर एक धारा : पानीको समस्याबाट दशकौंदेखि आक्रान्त दिल्लीमा आपले २४ घण्टा शुद्ध पिउने पानीको सुविधा दिने जनाएको छ । यस वाचा अन्तरगत हरेक घरले मासिक २० हजार लिटर पानी निःशुल्क पाउनेछन ।

३. देशकै उत्कृष्ट शिक्षा व्यवस्था : प्रत्येक बालबालिकालाई विश्वस्तरिय शिक्षाको व्यवस्था गर्ने घोषणा आपले गरेको थियो ।

४. सस्तो सुलभ र गुणस्तरीय औषधोउपचार : हरेक परिवारलाई आधुनिक अस्पताल र टोल क्लिनिकमार्फत उचित स्वास्थ्य सुविधा दिने आपको बाचा थियो ।

५. सबैभन्दा ठूलो र सस्तो यातायात व्यवस्था : ११ हजार बस तथा ५ सय किलोमिटर मेट्रोको विस्तार गर्ने आपको घोषणा थियो । यस्तै महिलासँगै छात्रहरूलाई निःशुल्क बससेवाको घोषणा पनि आपले गर्यो ।

६. प्रदुषण मुक्त दिल्ली : दिल्लीको वायुप्रदुषणलाई कम्तीमा तीन गुणाले घटाउने योजना उसको छ । २ करोड रूख रोपेर हरित दिल्लीको निर्माण । योसँगै उसले स्वच्छ र अवरल यमुना नदी बनाउने घोषणा पनि आपले यसमा राखेको छ ।

७. स्वच्छ र चम्किलो दिल्ली : दिल्लीलाई फोहोरमुक्त गराएर सुन्दर बनाउने योजना आपले अघि सारेको छ ।

८. महिलाका लागि सुरक्षित दिल्ली : सिसिटिभी क्यामरा, सडक बत्ती तथा बस मार्शल एवम् टोल मार्शलको तैनाथ गर्दै दिल्लीका महिलालाई सुरक्षाको प्रत्याभूति गर्ने घोषणा आपले गरेको छ ।

९. आधारभूत सुविधायूक्त कच्चा कोलोनी : यस वाचा अन्तरगत आम आदमी पार्टीले सरकारले कच्चा कोलोनीहरूमा उचित सडक, पिउने पानी, ढल, टोल क्ल्निक तथा सिसिटिभी जस्ता सुविधाहरू उपलब्ध गराउने आपको बाचा छ ।

१०. जहाँ सुकुमबासीको झुपडी, त्यही घरको व्यवस्था : दिल्लीमा झुपडीमा बस्नेहरूलाई उनीहरू बसेकै स्थानमा पक्की घर दिने बाचा पनि आपले गरेको छ ।