जनता टाइम्स

८ फाल्गुन २०७६, बिहीबार १०:३१

कमिसन प्रकरणबारे सञ्चारमन्त्री बास्कोटाको प्रतिक्रिया : सवै तथ्य राख्नेछु, गल्ती गरेको भए सजाय भोग्न तयार छु


कञ्चनपुर, फागुन ८ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रेस खरिदको बिषयमा सार्वजनिक भएको अडियो रेकर्डबारे पहिलो प्रतिक्रिया दिनुभएको छ । कञ्चनपुरमा रहनुभएका मन्त्री बास्कोटाले आज बिहान बेलडाँडी गाउँपालिकाले गरेको चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै आफूले गल्ती गरेको भए सजाय भोग्न तयार रहेको बताउनुभयो । यस बिषयमा विस्तृतमा काठमाडौं पुगेर जानकारी दिन उहाँको भनाई छ ।

व्यक्तिमाथि आरोप लाग्दा त्यसको असर स्वयम व्यक्तिलाई पर्ने भन्दै उहाँले जसले गल्ती गरेको हो, सोही व्यक्ति जाने भएकाले पार्टी त्यसमा दोषी नहुने बताउनु भयो । बामपन्थी सरकारलाई बदनाम गराउन चौबिसै घण्टा लाग्नेहरु रहेको भन्दै उनले अडियो प्रकरण पनि त्यसकै निरन्तरता भएको बताउनु भयो । मन्त्री बास्कोटा आज बेलौरी र पुनर्वासको कार्यक्रम सकेर काठमाडौं फर्कने कार्यक्रम रहेको छ । उहाँले आजै हुने नियमित पत्रकार सम्मेलनमा यस बिषयमा जानकारी दिने बताउनु भयो ।