जनता टाइम्स

८ फाल्गुन २०७६, बिहीबार १५:२५

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा


काठमाडौं, फागुन ८ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिनुभएको छ । सभामुख अग्नि सापकोटाले सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी गराउनु भएको हो । उहाँले संसदमा यस्तो जानकारी दिनुभएको छ ।

नेपाली कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको कुरा जानकारी गराउनु भएको हो । ‘मन्त्रीज्युले सम्बन्धित निकायमा राजीनामा बुझाएको अनौपचारिक जानकारी मसँग आएको छ,’ सभामुख सापकोटाले भन्नुभयो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्री बास्कोटाले कमिशन डिल गरेको भन्दै अडियो सार्वजनिक भएपछि कांग्रेसले राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गरेको थियो । जवाफमा सभामुख सापकोटाले राजीनामा दिएको जानकारी गराउनु भएको हो ।