जनता टाइम्स

१० फाल्गुन २०७६, शनिबार १०:५३

आज बिमोचन हुँदै प्रधानमन्त्री ओलीको नयाँ पुस्तक


काठमाडौं, फागुन १० । प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ पुस्तक भिजन टु एक्शन आज बिमोचन हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो १ बजे बिशेष कार्यक्रमको आयोजना गरी सो पस्तक बिमोचन गर्न लागिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सो पुस्तकमा समृद्ध नेपाल निर्माणको भिजन र सो कामका लागि गरिएको प्रयाश समेटिएको छ । प्रधानमन्त्रीको सचिवालयले उहाँको ६९औं जन्म दिनको अवसर पारेर आज पुस्तक बिमोचन गर्न लागेको हो । प्रधानमन्त्री ओलीको जन्मदिन भोलि फागुन ११ गते हो ।

यस बर्षको जन्म दिन प्रधानमन्त्री ओलीले तेह्रथुमको आठराईस्थित इवा तीनसल्लेस्थित जन्मघरमै मनाउन लाग्नुभएको छ । जन्मदिन मनाउन उहाँ भोलि इवा तीनसल्ले जान लाग्नुभएकोले आज नै पुस्तक बिमोचन गर्न लागिएको हो ।