काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ पुस्तक ‘भिजन टु एक्शन’ शनिवार सार्वजनिक भएको छ । सताब्दी पुरुषद्वय सत्यमोहन जोशी र माधवप्रसाद घिमिरेले सार्वजनिक गर्नुभएको यस पुस्तकमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्ने सोचदेखि कार्यक्रमको खाका रहेको छ ।
‘प्रधानमन्त्रीले मुलुक बनाउने योजना र कार्यक्रमलाई खुला रुपमा आम नागरिक र बुद्धिजीवीको बीचमा राख्नुभएको छ, अव यस्को अध्ययन गरी सवैले सही सुझाव दिएर नेपालको बिकाशमा आफूलाई सहभागी गराउनु पर्छ,’ कुटनीतिक क्षेत्रका ज्ञाता मानिने डा शम्भुराम सिंखडाले भन्नुभयो । उहाँले प्रधानमन्त्रीले खुला रुपमा पुस्तकमार्फत नै समृद्ध नेपाल, सुखी नेपालीको बहशमा उत्रनुभएकोले अव बुद्धिजीविहरुको परीक्षाको घडी आएको अनुभुति पनि सुनाउनु भयो । ‘अव बुद्धिजीवहरुले कि त पुस्तकको अध्ययन गरेर सकारात्मक सुझाव दिनुपर्यो, कि आलोचना गर्न छाडनु पर्यो, प्रधानमन्त्रीले पुस्तकमै आफ्नो भिजन र गर्ने कामको फेहरिस्त राख्नुभएको छ,’ प्रधानमन्त्री ओलीको पुस्तक अध्ययनपछिको आफ्नो निश्कर्ष सुनाउँदै सिंखडाले भन्नुभयो ।
उहाँले प्रधानमन्त्री ओलीको पुस्तकमा नेपालको भौगोलिक बनावटलाई पनि अवसरका रुपमा लिनुपर्ने सोच अत्यन्तै सकारात्मक रहेको पाएको बताउनु भयो । ‘रिभेञ्ज अफ जोग्राफीलाई रिवार्ड अफ जोग्राफीमा कसरी पुर्याउने ? यही हो हाम्रो कुटनीतिक चुनौती,’ सिंखडाले भन्नुभयो । प्रधानमन्त्री ओलीको यस पुस्तक चार भागमा बाँडिएको छ । पहिलो खण्डमा कल्पनादेखि कर्मसम्म रहको छ । दोस्रो भागमा मित्रता र कुटनीति, तेस्रो भागमा ब्यापार र लगानी र चौथो भागमा काम र श्रमको बिषयमा सबिस्तार चर्चा गरिएको छ ।
अव बुद्धिजीवहरुले कि त पुस्तकको अध्ययन गरेर सकारात्मक सुझाव दिनुपर्यो, कि आलोचना गर्न छाडनु पर्यो, प्रधानमन्त्रीले पुस्तकमै आफ्नो भिजन र गर्ने कामको फेहरिस्त राख्नुभएको छ,’ प्रधानमन्त्री ओलीको पुस्तक अध्ययनपछिको आफ्नो निश्कर्ष सुनाउँदै सिंखडाले भन्नुभयो
पुस्तकमा दश बर्षपछि एउटा बिदेशी नेपाल भ्रमणमा आउँदा कत्तिको असर पर्छ भन्ने सपनासहित कामको खाका पनि पुस्तकमा रहेको छ । समग्रमा यस पुस्तकमा देश बनाउने सपना, योजना र कार्यान्वयन गर्ने दृढ इच्छाशक्ति रहेको छ । मुलुक बनाउने योजनासहित प्रधानमन्त्री ओलीले आफ्नो ६९औं जन्मदिनमा नेपालीलाई दिनुभएको यो उपहार सवैका लागि पढनयोग्य र देश निर्माणमा होमिने सुत्र रहेको छ ।
प्रतिक्रिया दिनुहोस्