जनता टाइम्स

१२ फाल्गुन २०७६, सोमबार १३:१४

अमेरिकी राष्ट्रपति ट्रम्पलाई भारतमा भब्य स्वागत


अहमदाबाद, फागुन १२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुग्नु भएको छ । राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ । ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

मोदीको गृहराज्य गुजरातमा निर्माण भएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालामा आयोजना हुने विशाल सभालाई राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नु हुनेछ । यहाँ करिब १ लाख व्यक्ति सहभागी हुने अनुमान गरिएको छ । भ्रमणमा राष्ट्रपतिका साथ उहाँकी पत्नी मेलानीया ट्रम्प समेत अन्य विशिष्ट व्यक्तिहरु सहभागी रहनुभएको छ । विमानस्थलबाट राष्ट्रपति ट्रम्प र उहाँकी पत्नी मेलानीया ट्रम्प सावरमती आश्रम (गान्धी आश्रम) मा जानु भएको छ । त्यसपछि उहाँहरु क्रिकेट रङ्गशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुनु हुनेछ ।