काठमाडौं, फागुन १८
सरकारले विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसको उच्च जोखिम कम गर्न ठूला सामुहिक कार्यक्रम नगर्न आव्हान गरेको छ । त्यस्ता कार्यक्रमबाट भाइरस सर्न सक्ने जोखिम उच्च रहेको भन्दै तत्काल त्यस्ता कार्य नगर्न सबैसँग आव्हान गरेको हो ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर तत्कालका लागि ठूला सभा, सम्मेलन, भोजभतेरसहितका कार्यक्रम नगर्न आह्वान गर्नुभयो । चीनबाट फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको चेतावनी विश्व स्वास्थ्य संगठनले दिएपछि सरकारले सतर्कता अपनाउन थालेको छ ।
उच्च जोखिमको अवस्था आए अन्तराष्ट्रिय विमानस्थल पनि बन्द गर्ने सरकारले तयारी गरेको छ । ‘कोरोनाको जोखिम कम गर्न केही समयका लागि महोत्सव, सभा–समारोह जस्ता भिडभाड हुने कार्यक्रम नगर्न आमसर्वसाधारण र आयोजकहरुलाई आह्वान गर्दैछौँ’, ढकालले भन्नुभयो, ‘अफ्ठ्यारो अवस्थामा आएमा अन्तर्राष्ट्रिय हवाई उडान पनि रोकिनेछ ।’
चीनमा कोरोना भाइरसको सकंम्रण घटदै गए पनि कोरिया, खाडी मुलुक र भारतमा कोरोनाको सकंम्रण देखिए नेपालमा भयावह स्थिति आउने सरकारको आकलंन छ । चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली कोरोना भाइरसको संक्रमण आशंकामा अस्पताल भर्ना भएका छन् । उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्