जनता टाइम्स

१९ फाल्गुन २०७६, सोमबार ०८:३१

सरकारले यसकारण फिर्ता बोलायो चीनका लागि नेपाली राजदुत लीलामणि पौडेल, यस्तो छ कारण


काठमाडौं, फागुन १९ । सरकारले चीनका लागि नेपाली राजदुत लिलामणि पौडेललाई फिर्ता बोलाएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण भन्दा अघि देखि नै राजदुत पौडेलको भुमिका उचित नहरेको निश्कर्षमा पुगेको सरकारले आइतवार भने फिर्ता बोलाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणकै तयारीको क्रममा राजदुत पौडेलको भुमिका उचित नभएको भन्दै सचेत गराउनु भएको थियो । सोही आधारमा आइतवारको मन्त्रिपरिषदले पौडेललाई फिर्ता बोलाएर पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो । नेकपाभित्र बौद्धिक नेताको रुपमा स्थापित पाण्डेलाई चीनको राजदुत बनाउने सिफारिश गरेको हो ।

सरकारले भेनेज्वयला प्रकरणमा पनि राजदुत पौडेलको भुमिका गलत रहेको निश्कर्ष निकालेको थियो । ६ महिना अघि नै फिर्ता बोलाउने तयारी भएपनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही समय कुर्ने निश्कर्ष निकालेपछि केही ढिलाइ गरेको हो । आइतवारको बैठकमा प्रधानमन्त्री ओलीले राजदुत पौडेलको कामको बिषयमा प्रश्न गरेपछि उहाँले फिर्ता बोलाउने र पूर्वमन्त्री पाण्डेलाई राजदुत सिफारिश गर्ने प्रस्ताव गर्नुभएको एक मन्त्रीले जनताटाइम्सलाई बताउनु भयो ।