जनता टाइम्स

१९ फाल्गुन २०७६, सोमबार १०:०६

प्रधानमन्त्री अपरान्ह अस्पताल भर्ना हुने, अस्पतालमा यसरी हुदैछ तयारी


काठमाडौँ, फागुन १९

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न आज अस्पताल भर्ना हुनुहुदैछ । उहा अपरान्ह त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुन लाग्नु भएको हो । बुधबार मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि आजबाट चिकित्सकले स्वास्थ्य निगरानीमा राख्नेछन् ।

प्रधानमन्त्री ओलीको समग्र उपचार कसरी सफल बनाउने भन्नेबारे छलफल गर्न र कार्यविभाजन गर्न अस्पतालका चिकित्सकहरुको बैठक बस्दैछ । अहिले मध्यान्ह १२ बजे चिकित्सकसहित समग्र टोलीको बैठक बोलाइएको छ । अस्पतालका निर्देशक डा. प्रेम खड्काका अनुसार मध्यान्ह हुने बैठकमा अनिवार्य उपस्थित हुन आइतबार नै प्रत्यारोपणमा खटिने सबै चिकित्सक, नर्स र अन्य कर्मचारीहरुलाई खवर गरिएको बताउनु भयो ।

बैठकले प्रत्यारोपणमा संलग्न चिकित्सकको एक समिति गठन गरिने र आवश्यक सूचना आधिकारिक रुपमा मात्र प्रस्तुत गरिने कार्यविधि बनाइने भएको छ । कार्यविधि भन्दा बाहिर गएर कसैलाई पनि सूचना प्रदान गर्ने अधिकार नदिइने बताइएको छ । अस्पतालले हरेक बुधबार दुई जनाको मिर्गौला प्रत्यारोपण नियमित रुपमा गर्दै आएको छ । जसमध्ये यस पटक प्रधानमन्त्री ओलीको गर्न लागिएको उहाले बताउनु भयो ।

‘हरेक बुधबार हामीले कम्तिमा दुईजनाको मिर्गौला प्रत्यारोपण गर्दै आएका छौँ । यसपाली प्रधानमन्त्रीको पनि हुँदै छ, जुन हाम्रो लागि सामान्य र नियमित प्रक्रिया हो । तर पनि उहाँको उपचारमा कुनै कसुर बाँकी नहोस् भनेर बैठक बोलाएको हो’, उहाले भन्नुभयो । डा. ज्ञवालीको नेतृत्वले ओलीको मिर्गौला प्रत्यारोपण गर्ने बताइएको छ ।

खड्काले हालसम्म त्रिविमा १७ जनाले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिसकेको जानकारी दिनुभयो । चिकित्सक टोलीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक डा. अनन्त कुमार पनि सामेल हुने स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीको सन् २००८ मा नयाँदिल्लीस्थित अपोलो अस्पतालमा डा. अनन्तको नेतृत्वको समूहले मिर्गौला प्रत्यारोपण गरेको थियो ।