जनता टाइम्स

१९ फाल्गुन २०७६, सोमबार १०:४२

मोदीद्वारा प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना


काठमाडौं, फागुन १९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनु केही अघि मात्र मोदीले सफल शल्यक्रिया र स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

‘मेरो प्रिय साथी केपीशर्मा ओलीजी, मैले तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्छु, राम्रो स्वास्थ्य, खुशी र दीर्घ जीवनका लागि भगवान पशुपतिनाथको आशिर्वाद प्राप्त होस्’, मोदीले आफ्नो ट्वीटमार्फत भन्नुभएको छ । साथै उहाले आउदो दिनमा दुई देशको सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा पनि गर्नुभएको छ । ‘नेपाल भारत सम्बन्धमा नयाँ उचाइ प्राप्त गर्न तपाईंको निरन्तर योगदानको अपेक्षा पनि गर्दछु’, मोदीले भन्नुभएको छ ।