जनता टाइम्स

१९ फाल्गुन २०७६, सोमबार १६:१५

अस्पताल जानुअघि प्रधानमन्त्रीलाई भारतीय समकक्षी मोदीको सप्राइज लिखित सन्देश


काठमाडौं, फागुन १९

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि आज अस्पताल भर्ना अघि विहानै भारतीय सकमक्षी नरेन्द्र मोदीले टिवटरबाट शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

‘मेरो प्रिय साथी केपीशर्मा ओलीजी, मैले तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्छु, राम्रो स्वास्थ्य, खुशी र दीर्घ जीवनका लागि भगवान पशुपतिनाथको आशिर्वाद प्राप्त होस्’, मोदीले आफ्नो ट्वीटमार्फत भन्नुभएको थियो । प्रधानमन्त्री ओलीले पनि उहालाई धन्यवाद दिनु भएको थियो ।

तर, मोदीले नेपालस्थित भारतीय कार्यवहाक राजदूतमार्फत लिखित सन्देश पनि पठाउनु भएको छ । कार्यवहाक राजदूत अजयले प्रधानमन्त्री निवास बालुवाटार पुगेर उहालाई मोदीको लिखित सन्देश दिनुभएको छ । प्रधानमन्त्री ओली सोमबार अपरान्ह पाँच बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जानुहुने भएको छ । त्यसअघि उहाले एक भिडियो सन्देश जारी गर्दै हुनुहुन्छ ।