जनता टाइम्स

१९ फाल्गुन २०७६, सोमबार १६:३२

यी हुन् प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने भान्जी समिक्षा


काठमाडौं, फागुन १९

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्न तयार समीक्षा संग्रौला ज्ञवाली अस्पताल पुग्नु भएको छ । प्रधानमन्त्री ओली अस्पताल पुग्नु केही समय अघि उहा पनि अस्पताल पुग्नु भएको हो ।

चिकित्सकका अनुसार दुवै जनालाई आजबाट स्वास्थ्य निगरानीमा राखिनेछ । ३२ वर्षिया समिक्षा दिउँसो साढे ३ बजे त्रिवि शिक्षण अस्पताल पुग्नु भएको थियो । प्रधानमन्त्री ओलीलाई १३ वर्षअघि पहिलो पटक मिर्गौला दान गर्नुभएकी भाइबुहारी अञ्‍जना घिमिरेकी भाञ्‍जी नै नाता भएकी ३२ वर्षीया उहाको पनि सबै स्वास्थ्य जाँच भइसकेको छ ।

झापाको चारआली घर भएकी समिक्षाको केही समयदेखी नियमित स्वास्थ्य परिक्षण भईरहेको छ । प्रधानमन्त्री ओलीलाई १२ जना भन्दा बढीले मिर्गौला दिने इच्छा देखाएपनि समिक्षाको मिर्गौला सबैभन्दा बढि मिल्ने देखिएको छ ।