जनता टाइम्स

१९ फाल्गुन २०७६, सोमबार १७:५६

नेपाल सरकार जिन्दावाद, नेपाल आर्मी जिन्दावाद ! को नारा घन्काउँदै घर फर्किए क्वारेन्टाइनमा बसेका नेपाली


भक्तपुर, फागुन १९ । नेपाल सरकार जिन्दावाद–जिन्दावाद !, नेपाल आर्मी जिन्दावाद–जिन्दावाद ! सोमवारु दिउसो भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा परीक्षणकाल बिताएर निस्किएका १७५ जना नेपालीहरुले पोखेको अनुभुति हुन यी शब्दहरु । चीनमा कोरोना भाइरसको प्रकोप बढेपछि सरकारले उद्धार गरेर नेपाल ल्याएको थियो उनीहरुलाई ।

आवश्यक तयारीको ब्यवस्था मिलाउँदा केही दिन ढिला भएपछि थुप्रै आलोचना र संवेदनाको शब्द खर्चदै सरकारमाथि प्रहार भयो । सरकारले ब्यवस्था मिलाएर उद्दार गरी स्वदेश ल्यायो, सवै उपचारको ब्यवस्था गर्यो । यी सवै कामबाट उनीहरुले हो नेपाल सरकार छ, नेपाली सेना छ भन्ने अनुुभुति पाए । अनि सरकारको बिरोधमा लाग्नेहरुलाई जवाफ फर्काए, ‘नेपाल सरकार जिन्दावाद–जिन्दावाद, नेपाल आर्मी जिन्दावाद–जिन्दावाद ।’ जुन दृष्यले सवैलाई भावबिहल बनायो अनि हो सरकार छ भन्ने अनुभित पनि दिलायो ।

कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु यस्तै नारा घन्काएर १६ दिनपछि आज घर फर्किए । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुलाई आज घर पठाइएको हो । उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कोरोनाको संक्रमण नपाइएपछि सरकारले घर पठाएको हो । शनिबार दोस्रो पटक नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कुनै संक्रमण नदेखिएपछि सरकारले उनीहरुलाई १६ दिनपछि घर पठाइएको हो ।

हाम्रो सरकारप्रति गर्व लागेको छ, यहाँको बसाई सारै राम्रो भएको थियो । एकदम रमाइलो लाइराछ,’ घर जाँदै गरेकी एक बिद्यार्थीले भनिन, ‘हामी हाम्रो सरकारदेखि एकदम, एकदम खुसी छौं, जुन ठाउँमा हामी थियौं, एकदमै समस्या थियो । यहाँ आएर हामी एकदमै कियर गरिसेको छ, नेपाल आर्मीको टीमले, सरकारको टीमले । हामी एकदमै ह्याप्पी छौं । एकदम टेन्सन फ्रि भएर प्यारेन्सहरु भेटन पाउँछौं

घर फर्किने क्रममा उनीहरु निकै खुसी देखिन्थे । उनीहरुले सरकारले चीनबाट उद्धार गरेर ल्याउनुका साथै क्वारेन्टाइनमा राम्रो सुविधाका साथ राखिएको भन्दै सरकारको मुक्तकण्ठले प्रशंशा गरे । अनि नेपाल सरकार जिन्दावाद, नेपाल आर्मी जिन्दावाद भन्ने नारा घन्काउँदै आफन्तसँग घरतिर लागे ।

‘हाम्रो सरकारप्रति गर्व लागेको छ, यहाँको बसाई सारै राम्रो भएको थियो । एकदम रमाइलो लाइराछ,’ घर जाँदै गरेकी एक बिद्यार्थीले भनिन, ‘हामी हाम्रो सरकारदेखि एकदम, एकदम खुसी छौं, जुन ठाउँमा हामी थियौं, एकदमै समस्या थियो । यहाँ आएर हामी एकदमै कियर गरिसेको छ, नेपाल आर्मीको टीमले, सरकारको टीमले । हामी एकदमै ह्याप्पी छौं । एकदम टेन्सन फ्रि भएर प्यारेन्सहरु भेटन पाउँछौं,’ उनीहरुको भनाई थियो ।