जनता टाइम्स

२० फाल्गुन २०७६, मंगलवार ०७:०८

प्रधानमन्त्री ओलीलाई प्रदीप पौडेलको शुभकामना : मुस्कानसहित अस्पताल छिरेजस्तै गरि मुस्कान बोकेरै फर्किनुहोस


काठमाडौं, फागुन २० । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले मुस्कानसहित अस्पतालबाट फर्किएर मुलुकको समृद्धिको सपना पूरा गर्न शुभकामना दिनुभएको छ । प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुभएको भोलिपल्ट आज सामाजिक सञ्जालमार्फत पौडेलले प्रधानमन्त्रीको दृढ आत्मबिश्वास र भिडियो सन्देशको मार्मिक भनाई उधृत गर्दै यस्तो शुभकामना दिनुभएको हो ।

‘दोस्रोपटक मिर्गौला प्रत्यारोपण अघि प्रधानमन्त्रीले भिडियो सन्देशमा भावपूर्ण भाषामा भन्नुभएको छ हाम्रा जागृत हुँदै गरेका सपनालाई अलपत्र पारेर म अलप हुन्न। हामी पनी तपाईंको शीघ्र स्वास्थ्य लाभ चाहन्छौं। मुस्कानसहित अस्पताल छिरेजस्तै गरि मुस्कान बोकेरै फर्किनुहोस्,सुस्वास्थ्यको कामना,’ पौडेलले भन्नुभएको छ ।