काठमाडौं, फागुन २५ । मौसम पूर्वानुमान महाशाखाले मुलुकभर पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव कायम रहेको भन्दै सतर्कता अपनाउन सुझाव दिएको छ । देशको पूर्वी र पश्चिमी भेगमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली रहने महाशाखाको भनाई छ ।
महाशाखाका अनुसार आज दिउँसो देशको पूर्वी भू–भाग लगयत पश्चिमी पहाडी भू–भागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पुर्वी र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।
आज राती देशको पुर्वी पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्