जनता टाइम्स

२५ फाल्गुन २०७६, आईतवार १६:५१

प्रधानमन्त्रीलाई नियमित हिँडडुल गराउन थालियो


काठमाडौं, फागुन २५

मृगौला प्रत्योरोपणको पाँचौं दिन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। अहिले उहाँलाई नियमित सन्तुलित खाना खान दिइएको छ । त्यस्तै शिक्षण अस्पतालका अनुसार उहाँलाई नियमित हिडडुल गराउन थालिएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.कृष्ण खड्गाका अनुसार प्रधानमन्त्रीका भाइटल तथा ल्याब सबै सामान्य छन्।

प्रधानमन्त्रीको फिजियोथेरापी पनि भइरहेको छ। प्रधानमन्त्रीको मृगौला दाता भाञ्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य राम्रो भएको बताइएको छ । संग्रौलाको पनि भाइटल तथा ल्याब सबै सामान्य रहेको अस्पतालले जनाएको छ।